‘म कहाँ बसेको छु होइन, परिणाम हेर्नुस्’, गृहमन्त्रीले भने, ‘पुरानो शैली खोज्नु पुस्तागत अन्तर हो’

गृहमन्त्री सुदन गुरुङले विपद्का बेला मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्नुलाई मात्रै नेतृत्व ठान्ने सोच पुरानो भएको बताएका छन्। विपद् प्रतिकार्यमा डिजिटल माध्यमबाट कमान्ड सञ्चालन भइरहेको उल्लेख गर्दै उनले आफू कहाँ बसेको छु भन्ने विषयभन्दा परिणाममा ध्यान दिन आग्रह गरेका हुन्। गुरुङले मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्नुलाई नेतृत्वसँग जोडेर हेर्ने हो भने त्यो ‘पुस्तागत अन्तर’ भएको […]