बेलायतमा मदिरा सेवन गरी पुरुष सहकर्मीलाई यौनजन्य रूपमा छोएको आरोपमा महिला प्रहरी अधिकृतलाई बर्खास्त गरिएको छ। २९ वर्षीया पीसी पामेला प्रिचार्डले मार्च २०२४ मा ग्विनेडस्थित काएरनार्फन रग्बी क्लबमा भएको बिदाइ कार्यक्रममा अत्यधिक मदिरा सेवनपछि एकजना पुरुष सहकर्मीको संवेदनशील अङ्ग दुईपटक छोएको र पछि उनकै काखमा बसेर चुम्बन गरेको घटना बाहिर आएपछि उनलाई बर्खास्त गरिएको हो। […]