कर्मचारीले बुझाए राज्य व्यवस्था समितिमा हस्ताक्षर

काठमाडौं– नेपाल निजामती कर्मचारी युनियनले प्रस्तावित संघीय निजामती सेवा ऐनमा राख्नुपर्ने विभिन्न माग राखेर गरिएको हस्ताक्षर सङ्कलन राज्य व्यवस्था तथा सुशासन समितिलाई बुझाइएको छ । युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले वृत्ति विकास, सेवाको सुरक्षा र पेशागत हितका माग राखेर गरिएको हस्ताक्षर समितिका सभापति रामहरी खतिवडालाई बुझाएका हुन् । राजपत्र अनङ्कित कर्मचारी संरक्षण अभियानको संयोजनमा तिनै […]