काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिका-४ मा रहेको श्री कंकाली उच्च माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन प्रक्रियामा मेयरमाथि किर्ते हस्ताक्षरको आरोप लागेपछि विवाद चर्किएको छ। विद्यालय भवन निर्माणमा करोडौँ रुपैयाँको भ्रष्टाचार भएको भन्दै स्थानीय जनप्रतिनिधिहरूले नगरप्रमुख किशोरी साह कलवारविरुद्ध छानबिनको माग गरेका छन्। २०८१ माघ २० गते नगरप्रमुख कलवारको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले विद्यालयको […]