सेती नदीमा बगेर एक बालक बेपत्ता

डोटी । सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । मंगलबार दिउँसो करिब २ बजेतिर दिपायल सिलगढी नगरपालिका वडा नम्बर-१ श्रीखोलीशैनका रमेश विकका छोरा वर्ष १० का अमित विक नुहाउने क्रममा सेतीमा बगेर बेपत्ता भएका हुन् । बालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।