काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात गरेको छ । शनिबार राति सम्पन्न खेलमा भारतले अमेरिकालाई २९ रनले हराउँदै विजयी सुरुवात गरेको हो । एक सय ६२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै मात्र एक सय ३२ रन बनायो । उसका लागि सुभम् रजानेले ३७, […]