वाणगंगा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु । वाणगंगा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको टापुमा फसेका दुई बालकमध्ये एक जनाको सकुशल उद्धार गरिएको छ भने अर्का एक बालक अझै फेला पर्न सकेका छैनन् । बाणगंगा नदीमा पौडी खेल्न गएका बाणगंगा नगरपालिका–८ का १६ वर्षीय रिदम लामा र १० वर्षीय बुद्ध लामा नदीको बहाव बढेपछि बीचको टापुमा फसेका थिए । […]