पशुपति चौलागाईं स्मृति अस्पताल : सीमित स्रोतसाधनमा पनि विशेषज्ञ सेवा प्रवाह

दोलखा– बागमती प्रदेश सरकार मातहतको दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा विशेषज्ञ र डाइलाइसिस सेवा सुरू भएसँगै उपकरण र स्रोतसाधनको माग भएको छ । दीर्घरोगीका लागि गत छ महिनादेखि नियमित डाइलाइसिस सेवा सुरु गरेको सो अस्पतालमा हाडजोर्नी, स्त्री तथा प्रसूति, बालरोग, साधारण शल्यचिकित्सा र दाँतको उपचारजस्ता छ विशेषज्ञ सेवा पनि सञ्चालन भएको छ ।  […]