काठमाडौँ। काठमाडौँको जमलस्थित नाचघरनजिकै पाँचवटा सवारीसाधन आपसमा ठोक्किएका छन्। केशरमहलबाट जमलतर्फ जाँदै गरेका र विपरीत दिशाबाट आउँदै गरेका सवारीसाधन जमलस्थित यलो प्यागोडा होटेल अगाडिको सडकमा ठोक्किएर मंगलबार भएको दुर्घटनामा चारजना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार बा.प्र.०१९०२८ च ४५१२ नम्बरको भ्यान र बा.प्र.०२००५६ प ३९६७ नम्बरको स्कुटर (ईभी) जमलतर्फ जाँदै […]