सिंहदरबार परिसरभित्र संघीय संसदको भवन अहिले निर्माणाधीन छ।२०७६ असोज १ गते शिलान्यास गरिएको भवन ६ वर्ष पूरा हुँदा समेत निर्माण सम्पन्न भएको छैन। तर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबाट चुनिने सांसदहरूलाई नयाँ भवनमै शपथ गराउने गरी अहिले जोडतोडका साथ काम चलिरहेको छ।प्रतिनिधिसभाको बैठक कक्ष बस्ने हल निर्माणको काम धमाधम...