कांग्रेस विशेष महाधिवेशन : मिलाइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्र

काठमाडौं– नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि भृकुटीमण्डप परिसरका विभिन्न स्थान उपलब्ध गराइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्राचार गरेको छ। कांग्रेसले बिहीबार समाज कल्याण परिषद् अन्तर्गतको विभागलाई यही पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने निर्णयअनुसार आवश्यक स्थल उपलब्ध गराउन औपचारिक पत्राचार गरेको हो। आयोजक समितिका सदस्य रमेश प्रसाद धमलाले परिषद् प्रमुखलाई सम्बोधन गर्दै सहयोगका लागि अनुरोध गरेका छन्। […]