तपाईं कसलाई मत दिनुहुन्छ– तपाईंको मोबाइलले भन्छ!

हामी सधैं बाह्य शक्तिले हाम्रो देशमा प्रभाव पारेको देखेर तरंगित हुन्छौं। तर विदेशमा रहेका नेपाली आफै आज कति ठूलो शक्ति बनेका छन् भन्नेबारे बुझाइ बलियो बनाउन सकेका छैनौं।