विराटनगर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरीमा पैदल यात्रीलाई ठक्कर दिई सवारी साधनसहित फरार रहेका चालकलाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ। साउन ३ गते कानेपोखरी गाउँपालिका–७ मा तत्काल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा पथरीशनिश्चरे–१० त्रिवेणी चोक बस्ने ६० वर्षीय गोविन्द लिम्बु गम्भीर घाइते भएका थिए। उपचारका क्रममा लिम्बुको मृत्यु भएपछि प्रहरीले हिट एन्ड रन […]