असोज ८ गते बेलुकादेखि १० गते बिहानसम्म परेको अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा कर्णाली प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले पनि भारी वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएको विवरण अद्यावधिक गरिरहेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार हुम्लाको सर्केगाड गाउँपालिका–१ […]