बाढी प्रभावित क्षेत्रका लागि भारतले दियो तीन मोड्युलर पुल

हेटौँडा । भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक तथा पुलका कारण प्रभावित यातायात सेवा तत्काल सञ्चालन गर्न भारत सरकारले नेपाललाई तीनवटा मोड्युलर पुल सहयोग गरेको छ। भारतले ७० मिटर लम्बाइका एकतर्फी तीनवटा मोड्युलर पुल उपलब्ध गराएको हो। प्राप्त पुलहरू शनिबार सडक डिभिजन हेटौँडालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। सडक डिभिजन हेटौँडामा आयोजित कार्यक्रममा भारतीय राजदूतावासका फर्स्ट सेक्रेटरी नारायण सिंहले पुलहरू हस्तान्तरण गरे। कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतम, हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामालगायतको उपस्थिति थियो। भदौ १० गते रसुवाको भोटेकोशीमा […]