१०३ वर्षीय डा. गौरीशंकर लाल दासको दशैंस्मृति : पहिले नेपालमा दुर्गाको मूर्तिपूजा गर्ने चलन थिएन

दाहालले डा. दासको अर्को रोचक बानीसमेत सम्झिएका छन्। उनका अनुसार डा. दास बिहान चाबहिलको तरकारी बजार पुगेर चौंसुर, पालुङ्गो, लट्टे र बेथुजस्ता साग किन्ने गर्थे। बजारमा साग कम हुने समयमा उनले धेरैजसो साग किनेर लैजाने गरेको र आफूले भने प्रायः रायोको साग मात्रै पाउने गरेको दाहालले उल्लेख गरेका छन्। उनले ठट्टा गर्दै डा. दासको दीर्घायुको रहस्य त्यही साग त होइन भन्ने आशयसमेत व्यक्त गरेका छन्।