काठमाडौँ । भरतपुर महानगरपालिका-१६ को फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना पैदलयात्री घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेतिर फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र. ०१-०३४ च ९२२१ नम्बरको कारले उनीहरूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी भरतपुर महानगरपालिका-१५ की ३० […]