काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल साँझ ५ बजे सुरु हुनेछ । लगातार दोस्रो पटक फाइनलमा भिड्न लागेका दुवै टोली उपाधि जित्ने लक्ष्यमा छन् । गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी च्याम्पियन बनेको थियो । यसपटक […]