कोरलामा व्यापारिक चहलपहल बढेपछि बेँसी झरेनन् माथिल्लो मुस्ताङका बासिन्दा

अत्यधिक चिसो सिरेटो चल्ने, हिमपातको जोखिमका साथै माथिल्लो मुस्ताङको दैनिक जनजीवन निकै कष्टकर हुन्थ्यो। अत्यधिक चिसोका कारण माथिल्लो मुस्ताङमा खानेपानीका धारा, शौचालयको सेफ्टी ट्याङ्की र सिँचाइ कुलोसमेत बरफ बनेर जम्ने गर्छ।