क्याथल्याबमा समेत खोल्न नमानेको  पटुका र त्यसभित्रको सय रुपैयाँ !

यो अस्पतालको इमर्जेन्सीमा हरेक दिन भीड नै हुने गर्छ  । साँझपख एक जना ७६ वर्षीय वृद्ध आमा छाति दुखेर अस्पताल आइपुगिन् । नुवाकोटबाट त्यहाँ आइपुग्दा चार घन्टा मात्रै भएको रहेछ । चुरोट चाहिँ उनको प्रिय चिज रहेछ । आमाको लक्षण, इ सि जि आदि हेरिसकेपछि सक्दो छिटो मुटुको नशा चेकजाँच गरेर हेर्नुपर्ने देखियो ।  जसलाई 'एन्जियोग्राफी' भनिन्छ । 'स्टेन्ट' हाल्नुपरेमा 'एन्जियोप्लास्टी' भनिन्छ ।