निर्वाचनमा कानुनविपरीत काम गर्नेलाई कानुनी कारबाही गर्छौँ : गृहमन्त्री अर्याल

जानकी– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा तयारीको सम्पूर्ण काम पूरा भएको बताएका छन् ।  यही फागुन २१ गते हुने निर्वाचनका क्रममा आवश्यक सुरक्षा व्यवस्थाका बारेमा जानकारी लिने उद्देश्यले आइतबार नेपालगन्ज आइपुगेका गृहमन्त्री अर्यालले भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।   आज बाँकेको नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा […]