काभा महिला यु १९ च्याम्पियनसिपमा नेपाल र कीर्गिस्तान खेल्दै

काठमाडौं। श्रीलंकामा हुने काभा महिला यू–१९ च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक श्रीलंका र माल्दिभ्स आमनेसामने हुनेछन्। त्यसपछि दोस्रो खेलमा नेपालले कीर्गिस्तानको सामना गर्नेछ। खेल नेपाली समयअनुसार साँझ ५:१५ बजे सुरु हुनेछ। यस प्रतियोगितामा जम्मा चार टोली — श्रीलंका, नेपाल, कीर्गिस्तान र माल्दिभ्स — सहभागी छन्। सबै टोलीले एक–अर्काविरुद्ध राउन्ड–रोबिन चरणमा प्रतिस्पर्धा गर्नेछन्। […]