पोखरा । पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कको भान्सामा आगलागी हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटलको भान्सामा खाना पकाउने क्रममा चिम्नीमा आगलागी भएको हो । आगलागीको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब निरीक्षक लक्ष्मण रिजालको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी, स्थानीयवासी र दमकलको […]