काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भवन लगायतका संरचना निर्माण रैथाने प्रविधिमा जोड दिनुपर्ने बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित राष्ट्रिय भूकम्प दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भवन निर्माण संहितामा विशेष ध्यान दिनसके भूकम्प लगायतका विपद्बाट बच्न सकिने बताउनुभयो । उहाँले भवन संहिता कार्यान्वयन गर्ने काम सरकारको मात्र नभइ […]