काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । सङ्घका अध्यक्ष क्षितिज थेबेले सामाजिक सञ्जालमार्फत उक्त निर्णयलाई गैरकानूनी, अनैतिक र दण्डहीनतालाई प्रश्रय दिने कार्यको संज्ञा दिएका छन् । उनले सरकारलाई सो निर्णय फिर्ता […]