इरानले खाडी मुलुकप्रति कुनै दुर्भावना नराखेको दाबी गरेको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले खाडी मुलुकसँग आफ्नो देशको कुनै दुस्मनी नभएको बताएका हुन्। ‘इरानले पर्सियाली खाडी मुलुकहरूप्रति कुनै शत्रुता राख्दैन र उनीहरूसँग राम्रो छिमेकी सम्बन्ध कायम गर्न प्रतिबद्ध छ,’ विदेशमन्त्री अराघचीले चीनका समकक्षी वाङ यीसँगको टेलिफोन वार्तामा सोमबार भने। चीनको विदेश मन्त्रालयले इरानका विदेशमन्त्रीलाई उद्धृत गर्दै […]