काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल (डीपी) निर्विरोध निर्वाचित हुनुभएको औपचारिक रुपमा घोषणा गरिएको छ । सिंहदरबारस्थित नयाँ संसद भवनमा आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले रास्वपाका सांसद अर्याललाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा गर्नुभएकाे हाे। रास्वपाका सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित […]