एक सातामा देशभर ५६ जनामा डेंगु पुष्टि

सात वटै प्रदेशमा गरी ५६ जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। यो सँगै नोभेम्बर ३० सम्म देशभर डेंगु संक्रमित हुनेको संख्या ८ हजार १०९ पुगेको छ।