कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका–३ स्थित वेदकोट ताल र ऐतिहासिक बैजनाथ बाबा मन्दिर आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा परिचित हुँदै गएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दैजी चोकबाट करिब सात किलोमिटर उत्तरमा रहेको वेदकोट तालको प्राकृतिक सुन्दरताले यहाँ पुग्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ । ताल परिसरमा निर्माण गरिएको भ्यू टावर, पिकनिक स्पट तथा धार्मिक कोरिडोरले […]