शरत्चन्द्र चट्टोपाध्यायको ‘शेष प्रश्न’ अब नेपालीमा

काठमाडौँ। बंगाली साहित्यकार शरत्चन्द्र चट्टोपाध्यायको उपन्यास शेष प्रश्नको नेपाली अनुवाद प्रकाशन भएको छ। संगीतकार एवं कवि आभासले अनुवाद गरेको शेष प्रश्नलाई प्रकाशन संस्था नेपालयले बजारमा ल्याएको हो। कालिकास्थानस्थित आरशालामा मंगलबार साँझ आयोजित पुस्तक लोकार्पण कार्यक्रममा अनुवादक आभासले यो अनुवाद कर्मलाई कुनै गीति सिर्जनामा आफ्नै पाराले धुन भरेको रूपमा व्याख्या गरे। चट्टोपाध्याय लोकप्रिय लेखकमध्ये पर्छन्। उनका […]