आईआईएमएस २.० उद्घाटन : टेलर्स युनिभर्सिटीको सहकार्यमा नेपालमा विश्वस्तरीय शिक्षाको नयाँ यात्रा सुरु

नेपालमा उच्च शिक्षाको स्तरलाई विश्व मापदण्डमा पुर्‍याउने लक्ष्यसहित आईआईएमएस  कलेजले भगवतीबहालस्थित आधुनिक क्याम्पस आईआईएमएस २.० को भव्य उद्घाटन सम्पन्न गरेको छ। अन्तर्राष्ट्रिय सहकार्य, नवप्रवर्तन तथा उद्योग–अभिमुख शिक्षण पद्धतिमा आधारित यो क्याम्पसले शिक्षा क्षेत्रमा नयाँ अध्याय सुरुआत गरेको संस्थाले जनाएको छ। सन् २०१० मा स्थापना भएको आईआईएमएस कलेजले गुणस्तरीय स्नातक कार्यक्रममार्फत अग्रगामी संस्थाको पहिचान बनाएको छ। […]