वासुदेव घिमिरेले एमाले छाडे

काठमाडौँ । नेकपा (एमाले) का नेता वासुदेव घिमिरेले पार्टीसँगको सम्बन्ध अन्त्य गर्ने निर्णय सार्वजनिक गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै आफू आजको दिनदेखि पार्टीको जिम्मेवारीबाट अलग भएको जानकारी गराएका हुन् । घिमिरेले आफ्नो वक्तव्यमा देशप्रतिको दृढ निष्ठा, सुशासन, विकास र समृद्धि नै स्वस्थ राजनीतिको आधार भएको उल्लेख गरेका छन् […]