सुदूरपश्चिममा रामेश्वर चौधरी मन्त्री नियुक्त

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ बमोजिम रामेश्वर चौधरीलाई आज मन्त्रीमा नियुक्त गरेका छन् ।  नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेश प्रमुख मियाँले नवनियुक्त मन्त्री चौधरीलाई आजै साँझ आफ्नै कार्यालय धनगढीमा आयोजित समारोहमा […]