दमक नगरपालिकामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) देखिएपछि स्थानीय प्रशासनले कुखुराको मासु, अण्डा तथा सम्बन्धित सामग्रीको ओसारपसारमा प्रतिबन्ध लगाएको छ। दमक नगरपालिका–१० मा रहेको एक लेयर्स कुखुरा फार्ममा रोग पुष्टि भएपछि यस्तो निर्णय गरिएको हो। फार्ममा कुखुरा अचानक बिरामी भई मर्न थालेपछि गरिएको परीक्षणबाट बर्ड फ्लु पुष्टि भएको हो। सङ्क्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रभावित […]