पर्यटकको रोजाइमा वेतना सिमसार

मोरङ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा परेको छ। हिउँदका महिनामा प्रायः दैनिक पाँच सयको हाराहारीमा आउने आन्तरिक पर्यटकलाई सिमसारमा प्रत्यक्ष रूपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गर, साथै हरिणलगायत जीवजन्तुुले लोभ्याउने गरेको छ। सुुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पुर्वतर्फ गएपछि हरियो वनले ढपक्कै ढाक्छ, त्यससँगै केही मिटर […]