संसद् भवनअगाडि सामान्यजस्तो देखिने माहोल एकाएक भय र पीडामा बदलियो। २३ भदौको जेन-जी प्रदर्शनमा सरकारविरुद्ध आवाज उठाउन जम्मा भएका प्रदर्शनकारीमाथि गोली चल्यो। चारैतिर भागदौड मच्चियो, केही जमिनमा ढले। त्यही भीडमा नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन ललितपुर सिटी एफसीका २५ वर्षीय डिफेन्डर पवन शाही पनि भुइँमा लडे। कालिकोट, मान्वाकी मीठू शाही त्यही दिन टेलिभिजनमा जेन-जी आन्दोलनको […]