प्रधानमन्त्री पत्नी सविना काफ्लेलाई एपेन्डिसाइटिस, टिचिङ अस्पतालमा शल्यक्रिया

अचानक पेट दुख्ने समस्या देखिएपछि महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेकी काफ्लेको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस पुष्टि भएको थियो। एपेन्डिसाइटिस देखिएलगत्तै चिकित्सकहरूले उनको शल्यक्रिया गरेका हुन्।