पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर दबाब दिइरहेको छ। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले उक्त जानकारी दिएका हुन्। संसद् सचिवालय भने सकेसम्म सुविधा दिने पक्षमा रहेको महासचिव पद्मप्रसाद पाण्डेयले खुलासा गरेका छन्। कतिपय कानूनी बन्धन र सरकारले गरेका निर्णय पालना गर्नुपर्ने भएकाले यस्तो सुविधा दिन अप्ठेरो परेको उनको भनाइ छ।​ […]