बाँके– बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घरवास (होमस्टे) यतिबेला आन्तरिक पर्यटकको चापले गुल्जार छ । दसैँतिहारजस्ता मुख्य चाडपर्व सकिएसँगै यहाँ पर्यटकको चहलपहल दैनिक रूपमा बढिरहेको छ । गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष कृष्णलाल चौधरीका अनुसार, वर्षायाममा सुनसान हुने गरेको होमस्टेमा अहिले पाहुनाको आगमन बढेको छ । पर्यटक विशेषगरी पदमार्ग र जङ्गल सफारीप्रति आकर्षित भएका […]