प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न (तस्बिरहरू)

काठमाडौँ। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन्। उनलाई गृहसचिव रामेश्वर दंगालले मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा आईजीपी पदको दर्ज्यानी चिह्न लगाइदिए। कार्कीले बिहीबारदेखि नै प्रहरीको कमाण्ड सम्हाल्दैछन्। ३२ औँ महानिरीक्षक चन्द्रकुबेर खापुङ ३० वर्षे सेवाहदका कारण बुधबार अनिवार्य अवकाशमा गएपछि कार्की महानिरीक्षक बनेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक बनाएको थियो। […]