सडकमै पल्टिएको ट्रक हटाएपछि कान्ति लोकपथ खुल्यो

काठमाडौँ। मकवानपुरको भीमफेदीमा सडकमै पल्टिएको ट्रक हटाएसँगै अहिले कान्ति लोकपथ नियमित सञ्चालनमा आएको छ। शनिबार बिहान सडकमै पल्टिएपछि सडक नियमित हुन झन्डै ६ घण्टाभन्दा बढी समय लागेको प्रहरीले जनाएको छ। वीरगन्जबाट औषधि लिएर काठमाडौँ जाँदै गरेको ट्रक शनिबार बिहान ५ बजेतिर भीमफेदी गाउँपालिका ८, बगुवास्थित कान्ति लोकपथमा पल्टिँदा दुवैतर्फ यातायात अवरुद्ध भएको थियो। ब्रेक फेल […]