वामदेव फेरि चुनाव लड्ने, प्रत्यक्षतर्फ बर्दिया १ बाट सिफारिस

काठमाडौं- नेकपा एमाले छाडेको चार वर्षपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका वामदेव गौतमले फेरि चुनाव लड्ने तयारी गरेका छन् । नेकपा बर्दियाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार सिफारिस गर्दा वामदेवको नाम १ नम्बरमा राखेको हो । […]