विगत दुई महिनादेखि क्यान्सर रोगको किमोथेरापी उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव झेलिरहेका बिरामीहरूका लागि राहतको खबर आएको छ। औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ लगायतका औषधि केही दिनभित्रै सहज रूपमा उपलब्ध हुने जनाएको छ। विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यका अनुसार हाल औषधिको अभावका कारण सीमित अस्पताल तथा फार्मेसीमार्फत मात्र वितरण […]