अमेरिकामा आइसद्वारा गैरकानूनी रूपमा थुनामा परेका नागरिकलाई ५ लाख डलर क्षतिपूर्ति दिने नयाँ विधेयक प्रस्ताव

अमेरिकी अध्यागमन अधिकारीहरूद्वारा गैरकानूनी रूपमा गिरफ्तार वा थुनामा परेका अमेरिकी नागरिकहरूलाई कम्तीमा ५ लाख अमेरिकी डलर क्षतिपूर्ति उपलब्ध गराउने प्रावधानसहितको नयाँ विधेयक अमेरिकी संसदमा दर्ता गरिएको छ। न्यु मेक्सिकोकी डेमोक्र्याटिक सांसद टेरेसा लेजर फर्नान्डेजले बिहीबार “जस्टिस फर सिटिजन्स रोङफुल्ली डिटेन्ड बाइ आइस एक्ट”  दर्ता गराएकी हुन्। यस विधेयकमा न्यु जर्सीकी डेमोक्र्याट सांसद बोनी वाटसन कोलम्यान […]