स्याङ्जा। गाउँका युवा तथा सक्रिय जनशक्ति शिक्षा, स्वास्थ्य र रोजगारीको खोजीमा सहर पस्ने क्रम बढिरहेका बेला स्याङ्जाको चापाकोट नगरपालिका–६, मोहमीका ६३ वर्षीय जीवनविक्रम शाह (राजा) भने काठमाडौँको सुविधा सम्पन्न जीवन त्यागेर गाउँमै कृषि उद्यममा रमाउनुभएको छ । काठमाडौँको बालुवाटारस्थित घर छाडेर गाउँ फर्किनुभएका शाह अहिले एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक फलफूल खेती गर्दै आउनुभएको […]