काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा सुन प्रतितोला २ हजार १०० रुपैयाँ महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँ मा कारोबार भएको थियो । […]