दशैंको टीका : कतै रौनक, कतै सुनसान

आज दशैंको टीका। कसैका निधारमा रातो टीका टल्किएको छ, कतै प्रियजनको सम्झनाले आँखा रसाएका छन्। कतै आफन्तको हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिन भ्याइनभ्याइ छ। तर, कतिपयका आशीर्वाद दिने आफन्तलाई नै बाढीले बगाएको छ।