स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा

मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रमुखमा डा रोशन न्यौपानेलाई जिम्मेवारी दिएको छ। महाशाखाका प्रमुख डा चन्द्रभाल झाको कोशी अस्पतालमा सरुवा भएको छ। डा झालाई कोशी अस्पतालको निर्देशकको जिम्मेवारी दिइएको छैन। अस्पताल निर्देशकमा डा रुना झा रहेकी छिन्।