अमेरिकाको नर्सिङ होममा विस्फोट, २ जनाको मृत्यु

अमेरिकाको पेन्सल्भेनिया राज्यस्थित एक नर्सिङ होममा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ। विस्फोटका कारण भवनको केही भाग भत्किँदा अन्य धेरै जना घाइते भएको अधिकारीहरूले बताएका छन्। ब्रिस्टलस्थित सिल्भर लेक नर्सिङ होममा ग्यास चुहावट भएको सूचना पाएपछि आपतकालीन सेवाका टोलीहरू घटनास्थल पुगेका थिए। तर, उद्धारकर्मीहरू पुगेलगत्तै भवनमा भीषण विस्फोट भई आगलागी भएको थियो। घटनामा […]