चलचित्र पर्यटन प्रर्वद्धनका लागि पर्यटन र चलचित्र विकास बोर्डबीच समझदारी

समझदारीपत्रमा चलचित्रमार्फत प्रेरित यात्रा (सेट–जेटिङ) लाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय प्रदर्शनी तथा बजारमा संयुक्त प्रवद्र्धन गर्ने, नेपाललाई श्रव्यदृश्य उत्पादनका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने तथा पूर्वाधार विकास र प्रवद्र्धन अभियान सञ्चालन गर्ने विषय समेटिएका छन् ।